
काठमाडौं, असार १० नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११४ जना उपचारपछि निको भएर घर फर्केको बताए।
यो सङ्गै नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २,३३८ पुगेको छ ।