बुटबल,असार १५ लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको दोस्रो अधिवेशनले लियो केशव पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । शुक्रबार जुम मिटिङ्ग् मार्फत भएको अधिवेशनले आगामी बर्ष ०२० /०२१ को कार्यकालका लागि पराजुलीलाई निर्विरोध चयन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्षमा:भरत जंग क्षेत्री, द्धितिय उपाध्यक्षमा:विजय मरासिनी,तृतिय उपाध्यक्षमा अनुप थापा,सचिबमा अम्रित बस्याल,सहसचिबमा राजेन्द्र भण्डारी,काेषाध्यक्षमा काशिराम रेग्मी,सहकाेषाध्यक्षमा शान्ति अर्याल निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै निर्देशकमा भने सुमन पन्थ,जैस्मिन थापा, यम थापा ,बिजय चौधरी,हर्क सिञ्जाली,रविन सुनार ,मोनालिशा विश्वकर्मा रहेका छन् ।
साथै इडिटरमा शालिक भुशाल,स्पोर्टस् chairperson दिपेश भट्टराई ,Youth Chairperson मा सुमन तिमिल्सिना,मिडिया Chairperson सुबास बेल्बासे, समितिको संरक्षकमा उज्वल बस्नेत,क्लब member chairperson मा बिपिन सेजुवाल , टेल टुइस्टर गणेश गिरी र पिआरओ श्रीधर कुँवर चयन भएका छन् । कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा क्लवका सस्थापक र निबर्तमान अध्यक्ष साथै निर्वाचन समितिका संयोजक सन्तोष खरेलले गर्नुभएको थियो ।
लियो बुटवल मणिमुकुन्द युथले लामो समयदेखि बुटवल तथा आसपासका क्षेत्रमा विभिन्न क्षेत्रमा धेरै किसिमका सामाजिक कार्यहरू गर्दै आइरहेको र आगामि दिनमा पनी समाजमा जनचेतना प्रदान गर्ने गरि सामान्य भन्दा कम भाग्यशाली मानिसहरुको सहयोगमा सधै क्लव लागि पर्ने यसै क्लवका हालका सचिव विजय मरासिनीले जानकारी गराउनु भयो ।







