• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नरपानीमा बस दुर्घटना हुँदा २० जनाको मृत्युु!


  •     / २०७६, ११ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बस नरपानीमा दुर्घटना हुँदा जना २० को मृत्युु भएको छ । हालसम्म ११ पुरुष, १० महिनाको बालक र ७ महिला गरी १७ जनाको मृत्यु भएको र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा निधन भएको छ । अर्को एक जनाको चौडाहा हस्पितलमा निधन भएको छ ।

    साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन्। बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको हो।

    बस दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री, बस धनि सन्तमणि बस्नेत, छत्रदेव ७ का ३६ बर्षिय सन्त बहादुर बस्नेत, बुटवल चौडाहा हस्पिटल रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

    गम्भिर घाइते १२ जनालाई उपचारकाे लागि बुटवल पठाईएकाे छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ ।

    घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

    बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी – घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुँदै आएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.