• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

असुरक्षितलाई मुख्यमन्त्री कार्यक्रम बन्यो सारथी


  •    रासस / २०७७, १७ असार बुधबार १८:१९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, १७ असार । प्युठानको मल्लरानी गाउँपालिका वडा नं ४ भन्ज्याङकी सुजाता शाही १५ वर्ष पुग्नुभयो । गत २०७५ सालमा बुवाको मुत्यु भयो । बुबाको मृत्यु भएपछि २०७६ मा आपूलाई जन्म दिएकी आमासमेत अर्कोसँंग विवाह गरेर जानुभयो ।

    सुजाता, उहाँकी १६ वर्षीया दिदी सिर्जना र १२ वर्षीया बहिनी अस्मिता सहाराविहीन हुनुभयो । तीनै दिदीबहिनी झुपडीमा त्रिपालले छाएर र बाँसले बारेर बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएकाले घर मर्मत गर्न समेत नसकेको यो परिवारको सारथी मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बनेको छ । कार्यक्रममार्फत तीन दिदीबहिनीको घर निर्माण भएको छ ।

    ब्लकको गाह्रो लगाइएको दुईकोठे घर निर्माण गरिएको हो । कार्यक्रममार्फत रु ६० हजार आर्थिक सहयोगमा घर निर्माण भएको कार्यक्रमका सहजकर्ता हरि भण्डारीले बताउनुभयो । घर निर्माणमा ठूलीआमा तुल्सी केसीले रु २० हजार सहयोग गरेको सुजाताले बताउनुभयो । पुरानो छाप्रो भत्काएर पाँच दिनमा माहिला काका प्रदीपको सहायतामा घर निर्माण भएको उहाँ बताउनुहुन्छ । “पहिले छाप्रोबाट पानी चुहिन्थ्यो, बस्नलाई अप्ठेरो हुन्थ्यो”,सुजाताले भन्नुभयो,–“घर निर्माणपछि यो समस्या समाधान भएको छ ।” घर निर्माणसंँगै शौचालय समेत निर्माणका लागि उहाँको परिवारले माग गरेको छ ।

    मल्लरानी ३ मुन्डाँडाकी काली सार्कीको पनि अवस्था उस्तै हो । आर्थिक अवस्था कमजोर भएकी उहाँ लामो समयसम्म जीर्ण घरमा बस्नुभयो । नयाँ घर बनाउन नसक्दा वर्षात्मा पानी पर्दा चुहिने समस्या रहेको उहाँ सुनाउनुहुन्छ । उहाँको पनि नयाँ घर निर्माणमा कार्यक्रमले सहयोग गरेको हो । गाउँपालिकाको जस्तापाता र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु ६० हजार आर्थिक सहयोगमा कालीको घर पुनःनिर्माण गरिएको हो । घर निर्माण गरिदिएकामा खुशी हुँदै अब पानी पर्दा पनि ढुक्कसंँग सुत्न पाइने उहाँले बताउनुभयो ।

    गाउँपालिकाका पाँच वडाभित्र आर्थिक अवस्था कमजोर भई असुरक्षित बसोबास गर्दै आएका गरीब तथा विपन्न घरपरिवारका लागि म्ुाख्यमन्त्री कार्यक्रमअन्तर्गत चालु आव २०७६÷०७७ मा नयाँ र मर्मत गरी १९ घर निर्माण गरिएको छ । कार्यक्रममार्फत १० नयाँ घर निर्माण गरिएको तथा नौ घर मर्मत गरिएको कार्यक्रम सहजकर्ता भण्डारीले बताउनुभयो । सोका लागि कार्यक्रममार्फत रु सात लाख विनियोजन गरिएको थियो ।

    लामो समयदेखि आर्थिक अवस्थाले गर्दा नयाँ घर निर्माण गर्न नसकेका र घर मर्मत समेत गर्न नसकेका व्यक्तिको परिवारका लागि सहयोग पुग्ने उद्देश्यले सा कार्यक्रममार्फत सम्बोधन गरिएको उपाध्यक्ष सरिता जिसीले बताउनुभयो । कार्यक्रममार्फत मल्लरानी गाउँपालिकाभित्र तरकारी खेतीका लागि विभिन्न ठाउँमा टनेल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा स्तनपान कक्ष, वडा २ चुजाँमा सिंचाइ कुलो, वडा नं ५ मा बालविकास केन्द्र निर्माणलगायत काम गरिएको सहजकर्ता भण्डारीले बताउनुभयो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम:- कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीकै समयमा जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । प्युठान नगरपालिका तथा माण्डवी र गौमुखी गाउँपालिकाले यो कार्यक्रम शुरु गरेका छन् भने अन्य स्थानीय तह पनि तयारीमा छन् ।

    प्युठान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५१० व्यक्तिलाई रोजगारी दिएको रोजगार संयोजक माधव गिरीले बताउनुभयो । कार्यक्रममार्फत नगरका १० वटै वडामा १५ निर्माणका काम सञ्चालन भएका छन् । स्थानीय बाटो, सडक, विद्यालय र खानेपानी मर्मतका काम सञ्चालन भएको रोजगार संयोजक गिरीले बताउनुभयो । कार्यक्रम मार्फत नगरपालिकामा रु ७६ लाख ७८ हजार बजेट विनियोजन भएको छ ।

    रोजगार कार्यक्रममार्फत काम गरिरहनुभएका प्युठान– ४ का शिवबहादुर नेपालीले बन्दाबन्दीको समयमा धेरै दिनपछि काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । विजुवार मित्रमणिचोकदेखि हल्दीखोला हुँदै भित्रीकोटसम्मको सडककमा नाली निर्माणको काम गरेको उहाँले बताउनुभयो ।

    माण्डवी गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । पालिकाका पाँच वटा वडामा नौ वटा योजनाको काम हुने गरी कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो । यस्तै गौमुखी गाउँपालिकाले पनि रोजगार कार्यक्रम शुरु गरेको छ । कार्यक्रममार्फत वडा नं १ र २ मा योजनाको काम सकिएको तथा अन्य वडामा काम सञ्चालन भइरहेको रोजगार संयोजक निरज पाण्डेले बताउनुभयो । कार्यक्रममार्फत गोरेटो बाटो, नाली, पर्खाललगायत काम भएको उहाँको भनाइ छ ।

    त्यस्तै सरुमारानी गाउँपालिकामा पनि कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको र काम शुरु हुने चरणमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताउनुभयो । ऐरावती गाउँपालिका पनि रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । पालिकाले रु १० लाख बजेटबाट ३४ योजना छनोट गरेको रोजगार संयोजक विनोद त्रिपाठीले बताउनुभयो ।झिमरुक गाउँपालिकामा पनि सो कार्यक्रमका लागि रु २५ लाख बजेट छ । लकडाउन केही खुकुलो भएमा सञ्चालन गर्ने योजना रहेको पालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो ।

    मल्लरानी गाउँपालिकाकाले पनि पाँच वटै वडामा पाँच योजनाको काम सुरु गर्ने तयारीमा छ । सडक र विद्यालय भवन निर्माण,नदी नियन्त्रणलगायत काममा सहभागी हुने रोजगार संयोजक अनिल भट्राईले बताउनुभयो । उता स्वर्गद्वारी नगरपालिकाले भने योजनाका काम छनोट भई काम शुरु हुने चरणमा रहेको जनाएको छ । नगरमा गोरेटो बाटो र सिंचाइ कुलो निर्माणको काम हुने छ । सो का लागि रु १९ लाख बजेट विनियोजन भएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.