
प्यूठान, असार २२ । सोमवार प्यूठानमा थप ३७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
पिसिआर परीक्षण पोजेटिभ आएपछि आइसोलेसनमा बस्दै आएका ३७ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । कोरोना मुक्त भएकाहरुलाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । घर जानेहरुमा प्यूठान नगरपालिकाका २८ जना, माण्डवी गाउँपालिकाका ८ जना र ऐरावति गाउँपालिकाका १ जना रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना निको भएर घर फर्कनेको संख्या १२० पुगेको छ । कुल ३२७ जना संक्रमित मध्ये १२० जना घर फर्कीसकेका छन् भने बाँकी संक्रमितलाई स्थानीय पालिकाले बनाएको आईसोलेसनमा राखिएको छ ।