• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

उपनिर्वाचन २०७६ मा बदर मत घटाउने ।


  •     / २०७६, ११ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    जिल्ला निर्वाचन कार्यालय यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा बदर मत घटाउन प्रयत्नरत छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले बदर मत घटाउन मतदाता शिक्षालाई प्रभावकारीरूपमा सञ्चालन गरिएको बताए ।

    प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि रिक्त दाङ क्षेत्र नं ३ (ख) र लछिनप्रसाद बुढामगरको निधनपछि रिक्त घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । दाङमा हुने उपनिर्वाचनको तयारी पूरा भएको र मतदान केन्द्रमा कर्मचारी पठाइसकिएको उनले बताए । उनले भने, “मतदाता स्थलको तयारी पूरा भयो । अब मत गणनाको तयारी हुन बाँकी छ ।”

    उनले अघिल्ला चुनावको तुलनामा यसपटकको निर्वाचनमा दलहरुले चुनाव प्रचारको क्रममा आचारसंहिता उल्लङ्घनका घटना निकै कम गरेको पनि बताए । उपनिर्वाचनका लागि दाङमा ८२ मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

    क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षका लागि ३४ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको थापाले जानकारी दिए । उनका अनुसार प्रदेशसभा ३ (ख) मा ३२ र घोराही–१६ मा दुई वटा मतदान केन्द्र तोकिएको छ ।

    दाङ क्षेत्र नं ३ (ख) अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ मा पाँच वटा, बबई गाउँपालिकामा १०, दङ्गीशरण गाउँपालिकामा आठ तथा शान्तिनगर गाउँपालिकामा नौ मतदानस्थल तोकिएको छ । निर्वाचन अधिकृत थापाका अनुसार घोराही–१६ का लागि आधारभूत विद्यालय सानी अम्बापुर र सिर्जनशील आधार विद्यालय बाहुनडाँडालाई मतदान केन्द्र तोकिएको थापाले जानकारी दिए ।

    दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता भएकोमा हाल तीन लाख ६२ हजार ८४३ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

    दाङका छ वटा मतदान स्थल अतिसंवेदनशील रहेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

    चौँतीस वटा निर्वाचनस्थलमध्ये दुई वटा सामान्य, २६ वटा संवेदनशील र ६ वटा निर्वाचनस्थल अति संवेदनशील रहेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

    भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ थियो । उनका अनुसार निर्वाचनस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.