• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानका स्थानीय तहमा ‘एक घर, एक धारा’


  •    रासस  / २०७७, २५ असार बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, असार २५ जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ ।

     फाइल फोटो

    आव २०७४÷७५ देखि नै पालिकाका विभिन्न क्षेत्रमा खानेपानीकोे सहज आपूर्ति गराइ एक घर एक धारा बनाउने अभियान शुरु गरेको हो । मानिसको पहिलो आधारभूत आवश्यकता पानी नै भएकाले पालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो । पालिकाले अघिल्लो आवमा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । जसका लागि रु दुई करोड १५ लाख बजेट विनियोजन भएको थियो । यसबाट ८०० घरधुरीका करिब चार हजार जनता लाभान्वित भएको गाउँपालिका प्राविधिक सागर पण्डितले बताउनुभयो । त्यस्तै चालू आवमा पनि पालिकाका २३० घरधूरीमा धारा निर्माण गरिए र यसबाट करिब एक हजार ४०० जनता लाभान्वित भएका छन् । पालिकाले यसका लागि पनि रु २६ लाख बजेट विनियोजन भएको थियो । पालिकाकै बजेटबाट आँपचौर लिफ्ट खानेपानी र उदयपुरकोट लिफ्ट खानेपानीको काम पनि सञ्चालन गरेको प्राविधिक पण्डितले बताउनुभयो ।

    पालिकाबाट चालू आवमा दुवै योजनाका लागि रु १५÷१५ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले आगामी वर्षमा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिने भएको छ । प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा ३५० घरमा धारा निर्माण गरेको छ । चालू आवमा ८०० घरधुरीमा धारा पु¥याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । चालू आवमा रु आठ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी वर्षमा पनि नगरपालिकाले करिब ८०० घरमा धारा निर्माण गर्ने नगरप्रमुख कक्षपतिले बताउनुभयो । नगरक्षेत्रमा २०७४ पश्चात करिब एक हजार २०० घरमा धारा निर्माण गरिएको उहाँले बताउनुभयो । जिल्लाकै गौमुखी गाउँपालिकामा हालसम्म २०१ घरमा धारा निर्माण भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत–२ अर्खामा १५१ र वडा नं ३ रजवारामा ५० घरधुरीमा धारा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।

    वडा नं ४ पूजामा केन्द्र र प्रदेश सरकारको दुई करोड ५० लाख लगानीमा गौथलेमुल लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको अध्यक्ष गिरीले बताउनुभयो । आयोजना निर्माण पश्चात यहाँका २०० घरधुरी लाभान्वित हुने छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । जिल्लामा सङ्घीय सरकारमार्फत ६१ र प्रदेश सरकारबाट १६ खानेपानीका योजना सञ्चालन भइरहेको खोनपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिकाको खैराकोट खानेपानी योजना, माण्डवीको जाडीखोला खानेपानी आयोजना सम्पन्न भइसकेका छन् ।

    माण्डवी गाउँपालिका नयाँ गाउँ खानेपानी आयोजनाबाट करिब १५२ घरधुरी लाभान्वित भएका छन् भने अन्य खानेपानी आयोजनाका काम भइरहेको कार्यालयले जनाएको छ । चालू आवमा योजनाको कामका लागि केन्द्र सरकारमार्फत रु १५ करोड एक लाख ९० हजार र प्रदेश सरकारबाट रु नौ करोड ९४ लाख बजेट विनियोजन भएको कार्यालय प्रमुख आदित हुसेनले बताउनुभयो । बहुवर्षीय योजना भएकाले योजनाको काम सकिन समय लाग्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.