एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलको पहिलो इनिङमा घरेलु टोलि इङ्ल्यान्ड २०४ रनमा समेटिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्यान्डले ६७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रन मात्र बनाउ सकेको हो ।घरेलु टोलीलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले छ विकेट लिए । त्यस्तै सनोन ग्राबिएलले चार विकेट लिए ।
इङ्ल्यान्ड लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन जोडे । त्यस्तै विकेटकिपर ब्याटसम्यान जस बटलरले ३५, डोम बेसले ३१, जोसेफ ब्रुन्सले ३० र जोए डेन्लिले १८ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।







