काठमाडौं,असार २७ शुक्रबार थप ४३१ जना कोरोना जितेर घर फर्किएका छन । देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसङ्गै नेपालमा हालसम्म ८ हजार ४ सय ४२ जना उपचारपछि निको भएका छन्।