काठमाडौं,असार २९ इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी भएको छ । वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।
जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १ – ० को अग्रता बनाएको छ । पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पूरा गर्यो । दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ । दोस्रो टेष्ट बिहीबारदेखि म्यानचेस्टरमा सुरु हुनेछ ।







