• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

प्रधानमन्त्रीलाई भेट्न जाने चिकित्सक र आफन्त भेटेर फर्किए : कस्तो छ त उनको अवस्था?


  •     / २०७६, ११ मंसिर बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला त्रिभुव विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्।

    पेट दुखेपछि अस्पताल पुगेका ओलीको मंगलवार दिउँसो एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो। अप्रेशनपछि हिजो दिनभर स्थिर रहेको स्वास्थ्य अवस्था आज बिहानबाट निरन्तर सुधार भएको उनको उपचारमा संलग्न डाक्टर अरुण सायमिले जानकारी दिए।

    प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जिकिर गरे पनि अन्य व्यक्तिहरुलाई भने उनीसँग भेट्न दिइएको छैन।

    जो प्रमलाई हेर्न गए, चिकित्सक भेटेर फर्किए…

    मंगलवार नै नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। उनले प्रधानमन्त्री भेट्न पाएनन्। अनि चिकित्सकहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किए।

    आज बिहान रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल अस्पताल पुगे। त्यस्तै, उपसभामुख शिवमाया तुम्बहाम्फे पनि प्रमको अवस्था बुझ्न अस्पताल पुगेकी थिइन्। यसरी पुग्नेहरुले चिकित्सकसँग परामर्श गरे र फर्किए।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिउँसो अस्पताल पुगे।

    प्रधानमन्त्रीको अवस्था बुझ्न पुगेका देउवाले परिवारका सदस्य तथा चिकित्सकहरुसँग ओलीको अवस्थाबारे जानकारी लिएका थिए। अस्पतालबाट बाहिरिँदा देउवाले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी पाएको प्रतिक्रिया दिए।

    त्यस्तै, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, राप्रपाका अध्यक्ष पशुपति शमशेर जवरा लगायत अन्य नेताहरु प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिन पुगेका थिए। तर, कसैले पनि भेट्न पाएनन्। परिवारका सदस्य तथा चिकित्सकहरुसँग जानकारी लिँदै उनीहरु फिर्ता भए।

    प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमाल , राजन भट्टराईले पनि प्रमलाई भेट्न पाएनन्।

    भेट्न जानेको एउटै स्वर

    प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरुले एउटै प्रतिक्रिया दिए।

    ‘हामीहरुलाई भेट्न दिइएको छैन। प्रधानमन्त्रीको स्वस्थ्यमा निरन्तर सुधार भइहरेको चिकित्सकहरुले बताउनुभयो।’

    अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्रीको स्वस्थ्यबारे यस्तै जानकारी दिइएको छ।

    ‘प्रधानमन्त्रीले खाना खान सक्नुहुन्छ’

    डाक्टर सायमिले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलोपोस्टसँग भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ। हिजो भेन्टिलेटरमा राखिएको थियो। त्यहाँबाट आज हटाइएको छ। उहाँ बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्छ। खाना पनि खान सक्नुहुन्छ। उहाँलाई केही बेर बसाएका पनि छौं।’

    अरुलाई भेट्न किन दिइएन्?

    प्रधानमन्त्रीसँग उनका परिवारले पनि भेट्न पाएका छैनन्। डाक्टर सायमिले उपचारमा संलग्न चिकित्सकबाहेक अरुलाई भेट्न नदिइएको बताए।

    आखिर किन?

    सायमिले भने, ‘उपचारमा संलग्न चिकित्सकहरु बाहेक अरुलाई भेट्न दिएका छैनौं। संक्रमण हुनसक्ने खतराले गर्दा अरुलाई भेट्न नदिएको हो।’

    प्रधानमन्त्री अझै केही दिन अस्पताल नै बस्नुपर्ने उनको भनाइ छ।

    १२ वर्षअघि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि उनी मृगौलाको डायलासिस गराइरहेका छन्।

    यसअघि आइतबार प्रधानमन्त्री ओलीको ग्राण्डी इन्टरनेशनलमा डायलासिस भएको थियो। गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।

    चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.