काठमाडौँ, साउन १ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको बताए । योसङ्गै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। नेपालमा हालसम्म कोरोना जितेर घर घर्कने संख्या ११,२४९ रहेको छ, भने कोरोना कारण हालसम्म ३९ जनाले ज्यान गुमाएका छन ।







