• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

अधिक रक्तस्राव भएपछि सुत्केरीको उद्धार


  •    रासस / २०७७, १२ श्रावण सोमबार ००:४० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    खोटाङ, साउन ११ । अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिनुभएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । शनिबार जुम्ल्याहा बच्चालाई जन्म दिनुभएकी रेनुकाको अधिक रक्तस्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टर झिकाएर उद्धार गरिएको हो । उद्धार गरिएकी रेनुकाको काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचार शुरु भएको आफन्तले बताएका छन् । सकुशल जन्मिएका दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत उद्धार गरिएको थियो । यस्तै, अधिक रक्तस्राव हुँदा बिरामी परेकी एँेसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्माको पनि उद्धार गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु हुनुअघि जिल्लाबाट चर्को मूल्यमा निजी हेलिकोप्टर चार्टर गरेर उपचारमा पठाउनुपर्ने बाध्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    विवाह बन्धनमा बाँधिए वरुण–नताशा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ४. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ५. लोकगायक रत्न बानियाँको निधन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.