• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ओलीले ४२ वर्षदेखि रोगलाई जित्दै आए


  •     / २०७६, १२ मंसिर बिहीबार प्रकाशीत

  • Advertisement

    रोगलाई समस्याका रूपमा नलिने ओलीको शैलीका कारण पनि उनलाई पछिल्लो समय समस्या थपिँदै गएको ठम्याइ उनको उपचारमा संलग्न चिकित्सिकहरूको थियो । त्यसैले उनीहरूले ओलीलाई पछिल्लो समय धेरै भेटघाट नगर्न र सार्वजनिक कार्यक्रममा नजान सुझाव दिएका थिए । तर ओलीको सक्रियता उस्तै रह्यो । हेमोडायलसिस गरेर फर्किएको भोलिपल्टै मंसिर १ गते उनले युवासंघले आयोजना गरेको कार्यक्रममा गएर १ घण्टा १५ मिनेट पानी पनि नखाई भाषण गरे । कात्तिक १२ गते उनी उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएर दुई दिनसम्म बसेका थिए । १ देखि ४ गतेसम्म उनी लामा लामा छलफलमा व्यस्त भए । सरकार र पार्टीका केही महत्त्वपूर्ण निर्णय गरे । गत आइतबार चौथो डायलसिस गरेका ओली सोमबार सरकारको चौमासिक समीक्षा बैठकमा झन्डै ५ घण्टा सहभागी भए । मंगलबारका लागि पनि उनी सहभागी हुने तीनवटा कार्यक्रम तय भएका थिए । तर बिहानै बिरामी परे । प्रधानमन्त्रीको दौडधुप अलि कम गर्न सकिँदैनथ्यो र भन्ने कान्तिपुरको प्रश्नमा प्रेस सल्लाहकार थापा भन्छन्, ‘स्वास्थ्यले थेगेसम्म काम गर्ने भन्ने नै छ, उहाँको जीवनमा रेस्ट भन्ने छैन ।’

    बिमारको सिलसिला ४२ वर्षदेखि
    ओलीलाई विभिन्न बिमारले घेर्न थालेको ४२ वर्ष भयो । उनी जेल बस्दा टीबी रोगले ग्रस्त थिए । ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनाली रोगलाई जितिन्छ भन्ने ओलीको विश्वास अहिलेजस्तै पहिले पनि रहेको बताउँछन् । मैनालीले सम्झेअनुसार जेलमा रहँदा ओली एक्लै शौचालय पनि जान सक्दैनथे । उनलाई नुहाउन र खाना खान पनि साथीहरूकै सहयोग चाहिन्थ्यो । ‘ओलीजीको दृढ इच्छाशक्ति पहिलेदेखिकै हो, कत्ति पनि आत्तिने होइन, मरिँदैन भन्नुहुन्थ्यो,’ मैनालीले भने, ‘दबाइको गोली ल्याऊ खाउँ भन्नुहुन्थ्यो ।’ १४ वर्षसम्म जेलको कहर काटेर निस्किएका ओली विस्तारै निको हुँदै गए । उनी ०६० सम्म ठीकठाक नै थिए । ०६० देखि ओलीको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्यो । बिमारले गाल्दै लगेपछि उनी ०६२र६३ को जनआन्दोलनमा पनि त्यति सक्रिय हुन पाएनन् । ओलीको ०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरियो ।

    उनी ६र६ महिनामा त्यसको फलोअपका लागि दिल्ली गइरहन्थे । सबै ठीकठाकै चलेको थियो । ०६९ कात्तिकमा ओलीलाई भेट्न मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारी उनको घरमा पुगे । ओलीलाई बानेश्वरमा रहेको आफ्नै क्लिनिकमा परीक्षण गर्दा उनको फोक्सोमा समस्या देखिएको थियो । ओली तुरुन्तै नर्भिक अस्पताल भर्ना भए । त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अपस्ताल लगेर दुई सातासम्म उपचार गराइएको थियो । त्यसको केही दिनमै ओली फेरि सिकिस्त भए । उनलाई ग्रान्डीमा केही दिन राखेर सिंगापुर लगियो । त्यतिबेलै ओलीको हातमा इन्फेक्सन भयो । इन्फेक्सनकै कारण उनी लामो समयसम्म हातमा ब्यान्डेज बाँधेर हिँडे ।

    बी.स ०७२ असारमा पार्टीको नवौं महाधिवेशनबाट तत्कालीन नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका ओली ०७२ कै असोजमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । नौ महिनासम्म प्रधानमन्त्रीमा बहाल हुँदा उनी मिर्गौलाको फलोअपका लागि एक पटक पनि गएनन् । त्यसपछि सामान्य फलोअप भए पनि गम्भीर बिरामी परेका थिएनन् । तर १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला बिस्तारै निष्क्रिय बन्दै गएपछि ओली साउन र भदौमा गरी दुई पटक सिंगापुरमा उपचार गरेर फर्किए । त्यसपछि भने कहिले के कहिले के भएर अस्पताल धाइरहनु परेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अब उनी केही दिन अस्पतालमै बस्नुपर्ने देखिएको छ । हाल उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी प्रधानमन्त्रीलाई आराम दिलाउन चाहन्छौं । त्यसैले केही दिन बढी राख्न चाहन्छौं ।’

    ओली बिरामी भएर अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य स्थिति बुझ्न चाहनेहरू बुधबार पनि बिहानैदेखि अस्पताल पुगे । मंगलबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल पुगेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, प्रतिनिधिसभा उपाध्यक्ष, संसदीय समितिका सभापतिहरू, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायत पनि प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ओलीको सचिवालय सदस्यहरूसँगै बुधबार दिनभरि अस्पतालमै बसे

    कान्तिपुर दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.