
प्यूठान,श्रावण १४ । प्यूठानमा पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
यो सङ्गै प्यूठानमा कोरोना मुक्त हुनेको संख्या ३३२ पुगेको छ। कुल संक्रमित ३३५ रहेको प्यूठानमा स्वर्गद्वारी नगरपालिका १ र ऐरावती गाउपालिकामा २ गरि सकृय केस ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनएको छ । यस अघि प्यूठानका ७ वटा स्थानीय तह कोरोना मुक्त भइसकेका छन । प्यूठानमा अब ६८ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको छ ।