
प्यूठान,श्रावण १५ । प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ स्यानिलेक निवासी मक्खन घर्तिको बासस्थानको रूपमा रहेको एउटा सानो गोठसङ्गैको घरमा पनि गत श्रावण ४ गते आगोलागी भएर झन पीडित भएका छन ।
ती पीडित परिवारलाई सकेको सहयोग गर्ने क्रम निरन्तर छ । यसैबिच सोही वडामा बस्ने समाजसेवी युवाहरू गिर बहादुर घर्ती र होम बहादुर विष्टले संयुक्त रूपमा पीडित परिवारलाई बिस्ताराको रुपमा अत्यावश्यक पर्ने ओड्ने , ओछ्याउने कपडाहरूसङ्गै झुल र परिवारका सदस्यहरूलाई लगाउन चाहिने कपडा सहयोग गरेका छन । आर्थिक अवस्था कमजोर भएका मक्खन घर्तिको बासस्थान जल्दा सम्पूर्ण कपडाहरू पनि जलेर नष्ट भएका थिए । यस पिडाको अवस्थामा पिडित परिवारमा बल्झिएको घाउमा केहि मलम लगाउने प्रयास गरेको पिडितका सहयोगी तथा समाजसेवी होम बहादुर विष्टले बताए । अर्का सहयोगी गिर बहादुर घर्तिले पीडित परिवारलाई सक्दो सहयोग गरि पिडाको सहयात्री बनिदिनको लागि पनि सम्पूर्ण नागरिकहरूलाई अपिल गरेका छन । बासस्थान जलेर नष्ट भएपछि पीडित मख्खन परिवार नजिकै आफन्तको घरमा बसेर गुजारा चलाई रहेका छन ।
बासस्थान निर्माण गर्नको लागि आर्थिक समस्या छ । पीडित परिवारलाई सहयोग गरिदिनु हुनको लागि सम्पूर्ण सहयोगी मनहरूलाई स्वर्गद्वारी खबर डट कम पनि हार्दिक आह्वान गर्दछ । सहयोग गर्न चाहानुहुने महानुभावहरूले सहयोग तथा बिस्तृत जानकारीको लागि सम्पर्क नम्बर ९८४७८७३५८३ , ९८५७८३३०५ , ९८४१५९३९०८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।