• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

उपनिर्वाचन प्रचार–प्रसारः स्थानीय विषय ओझेलमा, राष्ट्रिय मुद्दामा एक अर्का पर्ति खोट्बंदी !


  •     / २०७६, १२ मंसिर बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, मंसिर ११ । यही मंसिर १४ गते हुने उपनिर्वाचनले सत्ता समीकरणमा कुनै फेरबदल ल्याउने छैन । तर, राजनीतिक दलका शीर्ष नेताहरु नै वडा तहको निर्वाचनका सभामासमेत पुगिरहेका छन् ।

    उनीहरु भाषणमा स्थानीय विषयलाईभन्दा धेरै एकार्कालाई राष्ट्रिय मुद्दामा एकले अर्कालाई एक आपसमा खोट लगाइरहेका छन् ।

    उपनिर्वाचनका लागि प्रतिनिसभाको एक, प्रदेशसभाका तीन, स्थानीय तह प्रमुख तथा उपप्रमुखका पाँच तथा वडाध्यक्षहरु ४३ गरी  ५२ पदका लागि मंसिर १४ मा मतदान हुँदैछ ।

    उपनिर्वाचनको प्रचार–प्रसारका लागि स्थानीय तहसम्म शीर्ष नेताहरु नै पुगेका छन् । त्यहाँ उनीहरुले स्थानीयभन्दा राष्ट्रिय मुद्दामा आफूलाई केन्द्रित गरेका छन् । शीर्ष नेताहरु नै पुगेर राष्ट्रिय मुद्दा उठाइदिएपछि स्थानीय मुद्दाहरु निर्वाचनका बेला ओझेलमा पर्ने नै भए ।

    आमनिर्वाचनमा राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राखिन्छ । अघिल्लो आमनिर्वाचनमा एकीकृत भएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचन लड्यो । त्यही राष्ट्रिय मुद्दाले नेकपाले राम्रो परिणाम पनि हासिल गर्‍यो ।

    नेपाली कांग्रेसले त्यस निर्वाचनमा कम मत पाएपछि अहिले प्रतिपक्षमा छ । राष्ट्रियताको मुद्दाले सफलता पाउँछ भन्ने लागेर होला, अहिले उपनिर्वाचनमा पनि कांग्रेसले लगभग त्यसकै सिको गर्न खाजेको देखिन्छ ।

    भारतले नेपालको कालापानीलगायतका क्षेत्र आफ्नो देशभित्र रहेको भन्दै नक्सा सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपनिर्वाचनमा वर्तमान सरकारलाई यही विषय उठाएर प्रहार गरिरहेको छ ।

    प्रतिनिधिसभा क्षेत्रमात्र होइन, वडास्तरीय सभामा पुग्दासमेत कांग्रेसले सरकारको मिलेमतोमा नै भारतले नक्सा सार्वजनिक गरेको भनेर आरोप लगाइरहेको छ ।

    प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले हरेकजसो सभामा यही विषय उठाएर सरकारलाई प्रहार गरिरहेका छन् ।

    सत्तामै रहेको समाजवादी पार्टीले चुनावी सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको पानीजहाज, ग्यास, पाइपलाइनजस्ता विषयलाई हाँसीमजाकको विषय बनाएको छ ।

    अर्कोतर्फ सत्तारुढ दलका शीर्ष नेताहरु पनि वडास्तरको निर्वाचनसम्म पनि बेस्सरी खटिएका छन् र त्यहाँसमेत स्थानीयभन्दा राष्ट्रियताको मुद्दा उठाइरहेका छन् ।

    नेकपा अध्यक्ष दाहाल चितवनमा हुने वडाध्यक्ष तहको निर्वाचनमा भोट माग्न आफैं खटिए । त्यतिमात्र होइन, जनताको विकाससँग जोडिएका माग सम्बोधनका लागि आफैं अनशन बस्नेसम्म भन्न भ्याए ।

    स्थीर सरकारका लागि झन्डै दुईतिहाइ मत दिएका जनताको अपेक्षामा खरो नउत्रिँदा नेकपा सरकारको लगातार आलोचना भइरहेको छ । यदि, उपनिर्वाचनमा नेकपाको जित भएमा आलोचना गलत पो हो कि भन्ने हुनेछ भने नेपाली कांग्रेसको जित भएमा भोलिका लागि उसलाई विश्वास गरेको अर्थमा लिन सकिनेछ । यसकारण यो उपनिर्वाचन प्रतिष्ठाको निर्वाचन बनेको छ ।

    तर, नेताहरुको दौडधुप र एजेन्डा हेर्दा लाग्छ, उनीहरु आमनिर्वाचनमा छन् र स्थानीय विकास निर्माणभन्दा धेरै राष्ट्रियताकाबारेमा कुरा गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विषालु च्याउ खाँदा पाँचजना बिरामी
    एनआरएनए एनसिसि मलेसियाले वृहत कार्यक्रम गर्दै, ‘टुल्की’ पहिलो पटक मलेसियामा
    बनेपामा अस्पतालको गाडी दुर्घटना हुँदा एकको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    • २. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • ३. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ४. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • ५. वृक्षारोपण कार्यक्रम सम्पन्न

    धेरै पढिएको
    • १. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • २. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ३. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.