• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भारतमा रक्सीको अभावमा सेनिटाइजर खाने १० जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, १७ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, १७ साउन मादक पदार्थ सेवन गर्ने बानीले पनि जीवनमा अनेक दुर्घटना निम्त्याउन सक्छ । व्यक्तिगत , पारिवारिक , सामाजिक , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या सृजना गर्ने मादक पदार्थ सेवनको लतले समस्यासङ्गै विकृति निम्त्याउछ । हाम्रो छिमेकी मुलुक भारतमा मादक पदार्थ सेवन गर्ने लतले मादक पदार्थको अभाव हुदा नागरिकको मृत्यु भएको छ ।

    लकडाउनको समयमा मादक पदार्थ ( रक्सी ) का पसलहरू बन्द हुदा अल्कोहल मिश्रित सेनिटाइजरलाई पानीमा मिसाएर सेवन गर्दा भारतीय नागरिकको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो। सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बिबिसीले उल्लेख गरेको छ। झण्डै १० दिनसम्म सेनिटाइजर खाएपछि उनीहरुको मृत्यु भएको प्रहरी अधिकारी कौशलले बताए।

    सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ। भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्दो क्रममा रहे पनि केन्द्र सरकारले लकडाउन खुलाएको छ। तर केही स्थानीय तहले लकडाउन कायम राखेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.