
विराटनगर ,श्रावण १७ । नेपालमा हुने अनेक भ्रष्टाचारविरूद्ध खरो अभिव्यक्त दिदै भ्रष्टाचारको बिरोध गर्दै आएका एक स्वच्छछबिका कर्मठ कर्मचारी प्रेम सञ्जेलमाथी कार्यकक्षमै हातपात भएको छ ।
अनलाइन खबरका अनुसार श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि कार्यकक्षमै शनिबार बिहान ११ बजे कुटपिट भएको छ । प्रमुख सञ्जेललाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सोही कार्यालयका करारमा रहेका कार्यलय सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीलाई उद्रीत गर्दै अनलाइन खबरले सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको जानकारी दिएको छ ।
कार्यालयमा प्रयोग हुने स्टेसनरी सामाग्री तथा चप्पलको आक्रमणबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काद्वारा कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम अनलाइन खबरले मिडिया मार्फत जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।