• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

कुन्दन बचाउ अभियानमा १ लाख ७० हजार भन्दा बढी सहयोग संकलन


  •     सूचना डबली समाचारदाता / २०७७, १८ श्रावण आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement

    काठमाडौ, साउन १८ । सबैको सपना हुन्छ, आफ्नो देशको नाम रोशन गराउने तर सबै कुराले साथ नदिदा त्यो सपना साकार हुँदैन, अत स्वस्थ नै मुख्य हो पहिले त । यस्तै सपना बोकेका महोत्तरी जिल्लाको जलेश्वरका कुन्दन सिँह पनि मृगौला समस्याका कारण आफ्नो सपना भन्दा बाहिर आउनु प¥यो ।थुप्रै क्रिकेट प्रतियोगितासङ्गै सन २०१८ को प्रदेश २ बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी सबैको सपनाको केन्द्रिय राजधानी काठमाण्डौँ आए । काठमाण्डौँ आएका उनको स्वास्थ्यमा समस्या भएपछी चेक जाँचको लागि वीर अस्पतालमा पुगे । चेक जाचँ गएपछी उनलाई मिग्रौलाको समस्या भएको थाहा भयो । यो खबर सुन्दा उनी चिन्तित त भए त्यसैसङ्ग उनको सपना पनि केही रुपमा पूरा नहुने अवस्थामा गए । मनमा अनेक प्रश्न उत्पन्न हुन थाल्यो । तर डाक्टरले हौसला दिदै उपचार के कसरी गर्ने सम्बन्धमा जानकारी दिए । यसरी काठमाण्डौँको बसाई सकेर अपुरो यात्रा लिएर उनी आफ्नो गृहजिल्ला महोत्तरी फर्किए । अब उनी जहाँ गए पनि म बाचुला कि मरुला यस्तै प्रश्नको उनको मनमा सिर्जना हुने उनि वताउछन् ।  आफ्नो बुवा आमा समेत गुमाएका उनी मामा माइजु सँगै बस्दै आएका छन् । आर्थिक स्थिति कमजोर भएका कारण यो रोगसङ्ग लड्न सक्ने उक्त परिवारमा क्षमता समेत छैन ।

    कुन्दन अहिले जनकपुरको जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत छन् । करिब आजभन्दा ९ महिना अघि दुबै मिर्गौला फेल भएका उनी, अहिले डाईलासिसको साहारा लिईरहेको कुन्दनलाई केही आशा भन्ने पक्कै पलाएको छ । जिन्दगीबाट हार मानिसकेका कुन्दनलाई पछिल्लो समय केही सहयोग प्राप्त हुन थालेपछी केही आशा भने पलाएको छ ।  अभियन्ता रुपमा उभिएका बिज्ञान कार्कीले उनको लागि विभिन्न माध्यमबाट सहयोग जुटाईरहेका छन् ।

    श्रावण १४ सम्म १ लाख ५४ हजार २९१ रकम प्राप्त भएको मध्ये ५५,५५५ कुन्दनलाई हस्तान्तरण गरिसकेको अभियन्ता कार्कीले बताए । आजको दिनमा सम्म १ लाख ७० हजार भन्दा बढी रकम संकलन भएको कार्की वताउछन् । कुन्दनको सहयोगको लागि १०/१५ लाख लाग्ने अनुमान गरिएको छ । मिग्रौलाको र्डालासिस गराई रहेका कुन्दनमा अहिले जटिल समस्या नपरेको तथा डाक्टरले समेत हेरचाह गरेको बताइएको छ ।

    उनको उपचारको लागि नेपाल, अमेरिका, मलेसिया, कतार लगायत अन्य देशबाट सहयोग भएको कार्कीले बताउछन् । कुन्दनलाई विभिन्न व्यक्ति साथै प्रदेश न. २ क्रिकेट संघले १ लाख सहयोग गरेको छ उनि भन्छन् –“त्यहाँको स्थानीय सरकारले कुरा गरे पनि अहिलेसम्म सहयोग प्राप्त भएको छैन” । साथै केन्द्रीय तहबाट समेत सहयोग प्राप्त नभएको कार्कीले वताउछन् । साथै कुन्दन बचाउ अभियानमा सहयोग गर्न चाहेमा ईसेवा –९८०६७७७२६० र बैंकमा सहयोग गर्न चाहेमा ९८८१३३३४६७ मा कल गरेर सम्पर्क गर्न समेत अभियन्ता कार्कीले अनुरोध गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    नेपाल विश्वकप क्वालिफायरमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.