
प्यूठान, साउन १९ । एक वर्षमा जिल्ला अदालत प्यूठानमा ९४ जोडीको सम्वन्ध विच्छेद भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा १३६ सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ९४ वटा मुद्धा फैसला भएको जिल्ला अदालत प्यूठानले जनाएको छ । अदालतमा सवैभन्दा बढी सम्वन्ध विच्छेदका मुद्धा, अंशवण्डाको मुद्धा परेका थिए ।
आर्थिक वर्ष २०७५/०७६ बाट सरेर आएका १०६ सहित ३६७ मुद्धा दर्ता भएको थियो । जसमध्ये २१९ मुद्धा फैसला भएको छ । अझै १४८ मुद्धा फैसला हुन बाँकी रहेको छ । यस्तै अदालतमा कर्तव्य ज्यान ४, बहुविवाह ६, जवरजस्ती करणी १४, जवरजस्ती करणी उद्योग सम्वन्धी ७ वटा मुद्धा दर्ता भएका थिए ।