काठमाण्डौँ, साउन २० । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जना नयाँ कोरोना संक्रमित थपिएका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रीफिङमार्फत पछिल्लो २४ घण्टामा देशैभरको प्रयोगशालामा गरि पीसीआर विधिबाट ७,६८७ वटा परीक्षण गर्दा थप २५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१००९ पुगेको छ । जसमध्ये १५०२६ जना कोरोना निको भएका छन् भने ५८ जनाको मृत्यु भईसकेको छ ।