
काठमाडौं, साउन २१ । आफ्नो फरक फरक प्रस्तुतिबाट दर्शकको माया पाइरहेका गायक पशुपती शर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
सो गित वास्तविक जीवनमा भएका घटनाहरु समावेश गरेर गीत तयार पारिएको छ। मानव जीवनमा हुने दुःखलाई वाल्यकाल देखि जवान यसरी सबैमा उमेरमा हुने कौतहलतालाई गीतले झल्काउने काम गरेको छ ।
गीतमा पशुपती शर्मा र रमिला न्यौपानेको स्वर रहेको छ । यस्तै लय तथा शब्द पशुपती शर्माको रहेको छ भने एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् । गीतलाई पशुपती शर्माको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोे छ ।