
काठमाण्डौँ, साउन २१ । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाखभन्दा बढी पुगेको छ । अमेरिका, ब्राजिल, भारत र म्याक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ ।
रोयटर्सले जनाए अनुसार महामारीबाट केहि दिन यता हरेक दिन करिव ५९ हजार मानिसको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भइरहेको छ । दुई हप्ता यता प्रत्येक घण्टा २ सय ४७ मानिस अर्थात हरेक १५ सेकेन्डमा एक संक्रमितको मृत्यु भइरहेको छ ।
अमेरिका र अमेरिका भाइरसका कारण सर्वाधिक प्रभावित छ । यूनाइटेड नेसन ह्यूमन सेटलमेन्ट प्रोग्रामका अनुसार अमरिकामा ६४ करोड जनसंख्या छ जसमध्ये दश करोडभन्दा बढी सुकुम्बासी रहेका छन् । असंगठित क्षेत्रमा काम गर्ने यी सुकुम्बासी सबैभन्दा धेरै प्रभावित छन् । जोसँग सामाजिक सुरक्षाका नाममा केही पनि छैन ।