
काठमाण्डौँ, साउन २१ । एनसेल प्रा.लि नाम परिवर्तन भएर एनसेल आजियाटा लिमिटेड भएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको जनाएको छ ।
साउन १९ गतेको निर्णय बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयबाट उसले नाम नाम परिवर्तन गरेको हो ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम परिवर्तन गरेसँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडबाट हुने जनाइएको छ ।