काठमाडौं, साउन २१ । ‘मदन पुरस्कार’ को मनोनयनमा पर्न सफल भएका ७ पुस्तक सार्वजनिक गरिएको छ
मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको हो ।
मनोनयन सूचीमा पर्न सफल कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्म महारसको ‘महारसनिघण्ट ९१–३०’, ललित विष्टको ‘मोहपथ’ र चन्द्रप्रकाश बानियाँकोु ‘महारानी’ छन् । यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। जसको पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।
गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको जनाएको छ।







