
प्यूठान, साउन २१ । प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
मल्लरानी गाउँपालिका १ दारिमपाटाबाट खलंगा आउदै गरेकोे लु १ ज ४०६५ नंम्वरको जिप मल्लरानी गाउँपालिका १ दारिमपाटा आज अपरान्ह ४ः३५ बजेको समयमा दुर्घटना हुदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जिप सडकबाट ३०/४० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । घाइते हुनेमा मल्लरानी गाउँपालिका ३ स्थित २२ वर्षिय चालक पदम गिरी र सोहि ठाउँका २९ वर्षिय शिव बहादुर खत्री रहेका छन् ।घाइतेलाई उपचारका लागि विजुवारमा लगिएको प्रहरी निरीक्षक पौडेलले बताए ।