
काठमाडौ, साउन २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले हटाइदिएको छ ।
महामारी कोभिड–१९ का बारे झुठो जानकारी बताएको भन्दै फेसबुकले ट्रम्पको फेसबुक पेजबाट सो पोस्ट हटाइदिएको हो ।
स्टोनले विशेषगरी ट्रम्पको बालबालिकासँग कोरोना भाइरसँग लड्ने प्रतिरक्षा प्रणाली हेने दाबी झुठो भएको जसले फेसबुकको नीति तोडेको बताएका छन् ।
ट्रम्पको सोही भिडियो ट्वीटरमा पनि सेयर गरिएको थियो । पछि उनको अकाउन्टबाट पनि सेयर भएको थियो । त्यसपछि ट्वीटरले पनि उनको अकाउन्टलाई भिडियो नहटाएसम्म ‘फ्रिज’ गरिदिएको छ ।
-एजेन्सीको सहयोगमा