
काठमाण्डौ, साउन २२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङ मार्फत कोरोनाबाट नेपालमा हालसम्म कै सर्वाधिक ५ जनाको मृत्यु भएको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६० जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१७५० पुगेको छ । जसमध्ये १५३८९ जना निको भएर घर फर्किसकेका छन् ।