
काठमाडौं, साउन २२ । भारतका टेलिसिरियलका चर्चित अभिनेता समीर शर्मा मृत फेला परेका छन् ।
‘क्योंकि सास भी कभी बहु थी’, ‘कहानी घरघर की’, ‘ये रिश्ते हैं प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका सकेका ४४ वर्षीय अभिनेता समीर शर्मा मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका भारतिय प्रहरीले जनाएको छ । बुधवार राति उनको फ्यालटमै उनको शव भेटिएको हो ।
उनी बस्ने भवनको चौकीदारले भान्छा कोठाको झ्यालबाट उनको शव देखेपछि वरपरका मानिसलाई खबर गरेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनलाई हतारहतार अस्पताल र्पुयाए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरी अधिकारीका अनुसार समीर शर्मा गत केहि महिनादेखि आफ्नो फ्ल्याटमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक जानकारीअनुसार एक्सिडेन्टल डेथ रिपोर्ट (एडीआर) दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीले आर्थिक पाटोबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ।बीबीसी हिन्दीबाट