• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको छोरी पेवा वचत कार्यक्रमबाट १३३ छोरी लाभान्वित


  •    टु आर क्षेत्री / २०७७, २२ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, साउन २२ । सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको छोरी पेवा वचत कार्यक्रमबाट १३३ छोरी लाभान्वित भएका छन् ।

    छोरा–छोरीबीच हुने विभेद तथा बालविवाह कम गर्न सुरु गरेको उक्त कार्यक्रमबाट हालसम्म १३३ छोरीहरु लाभान्वित भएको पालिका स्रोतले जनाएको छ ।

    गाउँपालिकाले जनाए अनुसार छोरीमाथि हुने हिंसा न्यूनीकरण गर्न तथा छोरीप्रति सम्मान बढाउनका उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
    पालिकाले उक्त कार्यक्रम अन्तर्गत छोरी जन्मनेबित्तिकै उनको नाममा रकम जम्मा गर्ने गरेको छ । उक्त कार्यक्रम सञ्चालन गरेपछि छोरा–छोरीबीच विभेद कम हुँदै गएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिए ।

    पालिकाले यस कार्यक्रम मार्फत छोरीमाथि हुने लैंगिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन तथा समाजमा छोरीलाई सकारात्मक रुपमा हेर्ने वातावरण सिर्जना हुने विश्वास अध्यक्ष विश्वकर्माको भनाई छ । गाउँपालिकाले पालिका भित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ । उनले भने –“हाल छोरीको नाममा मासिक २०० रुपैयाँ जम्मा गरिदिने गरेका छौँ र यो रकम विस्तारै वढाउदै जानेछौँ” ।

    गाउँपालिकाले ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी सस्था बांगेसाल गरी दुईओटा सहकारीमा छोरीको नाममा रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले २० वर्षीय कार्यविधि तयार गरी १० वर्षसम्म रकम जम्मा गरिदिने छ ।

    अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको छोरी पेवा बचत कार्यक्रम हाल प्रभावकारी बन्दै गएको छ । यसरी पालिकाले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    रोष्ट्रयाक्ट बुटवल डाउनटाउनका नवनिर्वाचित अध्यक्ष भुसालद्वारा पदभार ग्रहण
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.