• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

डिएसपी, मेयर लगाएतका व्यक्ति सडकमै डुल्दै चेतना छर्दै


  •    झइन्द्र भण्डारी / २०७७, २३ श्रावण शुक्रबार १९:०३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, साउन २३ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीको नेतृत्वमा प्रहरी टोली अहिले पनि सडकमै उत्रिएर कोरोना नियन्त्रण कार्यक्रममा लागेको छ ।

    प्रहरी टोलीसङ्गै सहजीकरण गर्नका लागि स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाहरू पनि नियन्त्रण कार्यक्रम सहयोग अभियानमा जुटेका छन् ।

    कोरोनाको संक्रमण बढी रहेको यो अवस्थामा भएको बजारको भिडभाड, नागरिकको लापरबाही, कोरोनाको जोखिम न्यूनीकरणका क्रियाकलापमा नागरिकसङ्ग प्रत्यक्ष सरोकार राख्ने नागरिक मञ्चको बेवास्ता, आवश्यक सुरक्षामा ध्यान नदिएका हरेक पक्षसँग प्रक्रियागत ढङ्गले प्रत्यक्ष भेटघाट गरि चेतना जगाउने र सुरक्षाका उपायहरू बताउदै सडकमा यात्रा गरिरहेका नागरिकलाई माक्स वितरण गर्ने अभियानमा जिल्ला प्रहरी प्यूठान खटिएको छ ।


    जिल्लाका विभिन्न बजार क्षेत्रमा पुगि अभियान सङ्गै जनचेतना जगाउदै गरेको प्रहरी आज शुक्रबार स्वर्गद्वारी नगरपालिका प्यूठानमा पुगेको थियो ।
    डिएसपी कार्कीको नेतृत्वमा सञ्चालनमा भएको अभियानमा स्वर्गद्वारी नगरपालिका प्यूठानका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री, वडा अध्यक्षहरू, बाल सञ्जालका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघको उल्लेखनीय सहभागिता थियो ।

    डिएसपी कार्कीले माक्स नलगाई हिडेका नागरिकहरूलाई माक्स वितरण गर्दै यसलाई उदाहरणको रूपमा लिएर सधै माक्स लगाएर हिड्न सबैलाई अनुरोध गरे । शारीरिक दुरी कायम राख्न, माक्स लगाएर हिड्न लगाएतका सुरक्षाको उपाय बताउदै डिएसपी कार्कीले यो तपाईंहरूसङ्गै सिङ्गो समाज अनि राष्ट्रको लागि हो वताए ।

    बाटोमा माक्स नलगाई हिडेका एक वृद्धलाई पनि माक्स दिदै कार्कीले सम्झाएर भने “तपाईलाई कोरोनाले छोयो भने घरमा भाउजूले तपाईलाई नै छुनुहुन्न । आफ्नो ख्याल आफै राख्नुहोस ।

    जनचेतना कार्यक्रमसङ्गै डिएसपी कार्कीके आफ्नो मातहतका प्रहरी कार्यलयलाई पनि कोरोना नियन्त्रण कार्यक्रममा खटेर लाग्न, वेवास्ता गर्ने हरेक पक्षलाई तत्काल आवश्यक काम गर्न निर्देशन पनि दिए । योसङ्गै नगरप्रमुख रोका क्षेत्रीले पनि नगरपालिका भित्रका सरोकारवाला निकायलाई आवश्यक निर्देशन अनि अनुरोध गर्दै उद्योग वाणिज्य संघ बजार इलाका भिङ्ग्रीलाई माक्स नलगाई ग्राहकलाई भित्र छिर्न निषेध गर्ने र पसल सञ्चालकहरूले पनि आवश्यक सुरक्षा अपनाउन अनुरोध गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.