• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनाग्रस्त


  •    एजेन्सी / २०७७, २३ श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,साउन २३ भारतको केरल राज्यमा अवतरणका क्रममा एउटा हवाईजहाज दुर्घटनामा परेको छ। भारतको केरल राज्यस्थित कोझीकोड एयरपोर्ट शुक्रवार साँझ जहाज दुर्घटनामा परेको हो।

    दुबईबाट आएको एयर इन्डियाको एउटा जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। यस जहाजमा १९१ जना यात्रु सवार थिए। यिनमा १२८ पुरुष, ४६ महिला, १० बच्चा र ७ चालक दलका सदस्य थिए।  केन्द्रीय मन्त्री वी मुरलीधरनका अनुसार विमानका दुवै पाइलट यस दुर्घटनामा मारिएका छन्। यो दुर्घटनामा अन्य ८ जना यात्रुले पनि ज्यान गुमाएका छन्। दुर्घटनापछि करिब ४० जना यात्रुलाई अस्पतालमा भर्ना गरिएको छ।

    समाचार अनुसार शुक्रबार साँझ ७ बजेर ३८ मिनेटमा यो जहाज एयरपोर्टमा अवतरण गरिरहेको थियो। त्यही क्रममा बाक्लो बर्षात भइरहेको थियो। धावन मार्गमा टचडाउन गर्नेबित्तिकै विमान रनवेमा चिप्लियो। यो दुर्घटनामा कम्तीमा ४० यात्रु घाइते भएका छन्।  एयर इन्डियाको फ्लाइट आईएक्स-१३४४ दुबईबाट केरल आइरहेको थियो। दुर्घटनामा दुई पाइलटले ज्यान गुमाए पनि अन्य यात्रु हताहत भएका छैनन्। दुर्घटनामा जहाजको अघिल्लो भाग नराम्ररी क्षतिग्रस्त भएको छ। जहाज दुई टुक्रा भएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    दुर्घटनाको खबर पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले केरलका मुख्यमन्त्रीसँग कुरा गरेका छन्। उनले केन्द्र सरकारको तर्फबाट हर सम्भव सहयोग गर्ने बचन दिएका छन्।  लगातारको वर्षाका कारण यो विमान धावनमार्गबाट चिप्लिएको अनुमान गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.