• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक


  •    रासस / २०७७, २६ श्रावण सोमबार ०९:३८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौँ, साउन  २६  । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ ।

    यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर रहेको छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत  दिएका छन ।

    स्रोता÷दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने । झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकको रहेको छ  । हाल अमेरिकामा रहेका  गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने ।

    गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । उनको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । एक लाख सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले अर्वाडसमेत पाइसकेको छ । अहिले उक्त च्यानलको सब्सक्राइब झण्डै छ लाख पुगेको छ । गीतका बारेमा युट्युबमा १३ हजार बढीले प्रतिक्रिया जनाएका छन् । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ ।

    सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । अमेरिका, युरोपलगायतका देशबाट हेर्दा बढी पैसा आउँछ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कलाकार बताउँछन् । श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । सालको पातले पनि सम्बन्धित लगानीकर्ता÷कलाकारलाई आकर्षक कमाइ दिलाएको छ । गायक विश्वकर्मा र सङ्गीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ । “शब्द रचना प्रह्दाद सुवेदीको रहेको छ, गायिका को राख्ने निश्चित भइसकेको छैन”, थापाले भने ।

    ‘गलबन्दी’का चार करोड बढी मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियोले पनि युट्युबमा राम्रो भ्यूज पाएको छ ।

    गत वर्ष सार्वजनिक गीतले हालसम्म चार करोड १४ लाख बढी भ्यूज बटुलेको छ । सार्वजनिक भएको केही सातासम्म उक्त गीत युट्युबमा सर्वाधिक हेरिएको मध्ये नं एकमा आएको थियो । गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडिओ निर्देशन पनि सपुतकै छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको छ । गीतले परम्परागत रोधीको झल्को दिन्छ । मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका हुन् । कथात्मक शैली, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । उक्त गीत भाका नेपाल प्रालिले निर्माण गरेको हो । सपुतको गत साता सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि अहिले युट्युब ट्रेन्डिङको नं एकमा छ । गीतको भ्यूज २४ लाख नाघेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.