
काठमाण्डौँ, साउन २६ । आज अन्तिम साउने सोमबार । देशभरका शिवालयमा पूजाका लागि भक्तजन पुगेका छन् ।
अघिल्ला वर्षहरुमा शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरे पनि यसपटक कोरोना संक्रमणका कारण सबै भक्तजन शिवालय पुग्न सकेका छैनन् ।
यसैक्रममा आज साउनको अन्तिम सोमबारका दिन काठमाडौंको हनुमानढोकामा रहेको महादेवको मन्दिरमा पनि वरपरका भक्तजन पुगेका छन् । आजको दिनमा उपवास बसी शिवजीको पूजा तथा दान गरे पुण्य मिल्ने जनविश्वास छ ।