
काठमाण्डौँ, साउन २६ । विश्वकप छनोटको तयारीका लागि सोमबार ११ जना फुटवल खेलाडीको कोरोना परिक्षण गरिएको छ ।
सोमवार पाटन अस्पतालमा ११ जना खेलाडिसहित २५ जनाको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटवल संघले जनाएको छ ।
सोमबार पहिलो चरणमा विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको छ । बाँकी खेलाडी र फिसियलको कोरोना परिक्षण मंगलबार गरिने जनाएको छ ।
विश्वकप छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको छ ।