
प्यूठान, साउन २६ । प्यूठानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
प्यूठान गौमुखी गाउँपालिका ४ बाग्लिबाङ निवासी २० वर्षिय शुशिला सुनारको विशौनाकोट भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
भिरबाट करिव २०० मिटर तल खसि घाइते भएको उनको गौमुखी गाउँपालिका ५ पुजा स्वास्थ्य चौकी पुर्याउदा डा। ले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
मृतक घरबाट ठुलाबेसीस्थित गौमुखी मा।विमा जान्छु भनि हिडेको प्रहरीले जनाएको छ ।