काठमाण्डौँ, साउन २६ । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्थगित गरेको छ ।
त्रिविले यसअघि साउन ९ गते भदौको दोस्रो सातादेखि परीक्षा सञ्चालन हुने भन्दै सूचना प्रकाशित गरेको थियो । त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले सोमबार एक सूचना जारी गर्दै स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षा स्थगित गरेको हो ।
कोभिड–१९ को महामारी बढिरहेको र विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकोले सम्पूर्ण परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।







