काठमाण्डौँ, साउन २६ । बलात्कृत महिलाको पीडालाई आफ्नो सिर्जनामा उतरिरहँदा प्रकाश सपुत बारम्बार भावुक बने ।
समाजको वास्तविक घटनालाई आधार मानी बनाएको गीत अहिले लोकप्रीयता पाउन सफल भएको छ । गीत हेर्ने र सुन्ने सबैलाई भावुक बनाएको छ । तीतो तर सत्यता चित्रण गरिएको ‘बदला बरिलै’ अहिले नेपालमा युट्युवको ट्रेन्डिङ नम्बर वानमा छ ।
हाल उनको गीत युट्युवमा साढे ३१ लाखभन्दा बढी पटक हेरिएको छ । गीतमा देवी घर्तीको स्वर रहेको छ, भने प्रकाश सपुतको शब्द तथा संगित पाउन सकिन्छ । भिडियो प्रकाश सपुतकै आफ्नै युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन ।