
काठमाण्डौँ, साउन २७ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस राष्ट्रपति कार्यालय बाहिर गोली चलेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गोली चलेको उनले बताए ।
ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको चलेको थियो । अहिले स्थिति नियन्त्रणमा छ । तर वास्तवमा गोली चलेको थियो र कसैलाई अस्पताल लगिएको थियो । तर मलाई उसको अवस्थाबारे जानकारी छैन ।’ त्यो व्यक्ति किन आयो भन्नेबारे आफूलाई जानकारी नभएको उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको खबर समाचार पत्रले प्रकाशन गरेको छ ।