• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्रदेश नं ५ः सीमामा कडाइ


  •    सुचना डबली डेस्क / २०७७, २७ श्रावण मंगलवार १६:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल, साउन २७ । प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

    मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रदेश सरकारले नेपाल भारत आवागमनका लागि तोकिएका सीमा नाकाबाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने र हेल्थ डेस्क राखी जाँचको प्रभावकारी व्यवस्थासमेत मिलाउने समेत निर्णय गरेका हो । बैठकले नेपाल–भारतबीचको छोटो खालको आवतजावतलाई नियन्त्रण र जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले कम्तीमा १४ दिन क्वारेन्टिनमा नराखेको व्यक्तिलाई काममा नलगाउन सम्बन्धित रोजगारदाताहरुलाई समेत जानकारी गराउने निर्णय गरेको छ ।

    यस्तै अन्तरप्रदेश आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य सुरक्षाका मापदण्डलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले मिलाउने , सङ्क्रमण जोखिमको अवस्था हेरी समुदायमा सङ्क्रमण देखिएमा यस्ता स्थानको परीक्षणको कार्यलाई छरितो र प्रभावकारी बनाउने, आवश्यकताअनुसार सिल गर्न सकिने भएको छ । यस्तै कोभिड–१९ को थप जोखिमलाई विश्लेषण गरी हाल कोरोना विशेष अस्पतालमा खटिएका जनशक्तिलाई थप तीन महिनाका लागि निरन्तरता दिने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालालाई कोभिड–१९ को परीक्षणका लागि सञ्चालनमा ल्याउन प्रदेश सामाजिक विकास मन्त्रालयले आवश्यक पहल गर्नेसमेत निर्णय गरिएको छ ।

    पालिकास्तरमा मास्क खरिद गर्न नसक्ने व्यक्तिहरुलाई पालिकाले व्यवस्था गर्ने, मास्क प्रयोग नगरी हिँड्नेहरुलाई मास्क प्रयोग गर्न अनुरोध गर्ने, अटेर गर्ने वा बेवास्ता गर्नेलाई जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले नियमानुसार जरिवाना गरी प्रदेश कोरोना रोकथाम तथा उपचार कोषमा रकम जम्मा गर्न बैठकले निर्देशन गरेको छ । यस्तै सुरक्षा निकायको जनशक्तिमा सङ्क्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्थाका लागि आवश्यक स्थान र सामग्रीको अग्रिम व्यवस्था गर्नेसमेत निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।  रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दललाई फापेको स्थानीय निर्वाचन
    हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन
    अब एमालेको रणनीति ‘दूधभात’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.