धनगढी, साउन २७ । कृष्णनगर नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली माध्यामिक विद्यालय कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ।
नुहाउनको लागि पानी तान्ने क्रममा मोटरबाट उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएकी वडको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
मृतक वड श्रीमानसँग भारतको बैङ्लोरबाट आएर आजै क्वारेन्टिनमा बसेकी थिइन्।







