
काठमाण्डौ, साउन २७। कोरोना महामारीको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ ।
भाद्र १ गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरेको छ ।
कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।