काठमाण्डौं, साउन २८ । डोटिमा बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु र ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेको नाम नखुलेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।







