काठमाण्डौं, साउन २८ । भारतीय प्रहरीको गोली लागेर पूर्वी बैंग्लोरमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सोसल मिडियामा देखिएको एक आपत्तिजनक पोष्टका विरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुमाथि प्रहरीले गोली चलाएको दुई जना प्रदर्शनकारीको मृत्यु भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
यस्तै प्रहरीले ११० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ
कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक नातेदारले सामाजिक मिडियामा एक आपत्तिजनक पोष्ट गरेका थिए । त्यसलगत्तै आक्रोशित स्थानीयले विरोध प्रदर्शन थालेका थिए । एजेन्सी







