• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

को हुन् डेमोक्र्याटिक उपराष्ट्रपति उम्मेद्वार कमलादेवी ?


  •    सुचना डबली डेस्क / २०७७, २८ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    एजेन्सी, साउन २८ । आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको उपराष्ट्रपति पदका लागि डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वार जो वाइडनले ५६ वर्षीया कमलादेवी ह्यारिसलाई छनौट गरेका छन् ।

    अमेरिकामा अहिलेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदमा महिला विजयी हुन सकेका छैनन् । अगामी नोभम्बरको निर्वाचनमा डेमोक्र्याटिक जोडा निर्वाचित भए कमला अमेरिकी इतिहासको पहिलो महिला उपराष्ट्रपति हुने छिन् ।

    कमलाकी आमा श्यमला गोपालन भारतीय मूल कि तमिल महिला थिइन् । उनी स्तन क्यान्सर विशेषज्ञका रुपमा सन् १९६० मा तलिमनाडुबाट अमेरिका गएकी थिइन् । कमलाका पिता डोनाल्ड ह्यारिस जमैकन थिए ।

    उनी अमेरिकामा अर्थशास्त्रको प्राध्यापक थिए । कमला भारतीय आमा र जमैकन बुबाकी सन्तान हुन् । कमलाको जन्म सन् १९६४ को अक्टोबर २० मा क्यालिफोर्नियामा भएको थियो । सन् २०११–२०१७ मा उनी क्यालिफोर्नियाको अटोर्नी जनरल थिइन् । सन् २०१७ मा उनी सिनेटर चुनिएकी थिइन् ।

    कमलालाई अमेरिकी मिडियाले साहसी, चतुर र कार्यकुशल महिलाका रुपमा चर्चा गर्ने गर्दछन् । अगष्ट ११ मा जो वाइडेनले उपराष्ट्रपति उम्मेद्वार घोषणा गर्नुअघि नै उनी डेमोक्र्याटिक पार्टीको चुनावी अभियानमा सक्रिय थिइन् ।

    कमलाकी एक बहिनी छिन् माया ह्यारिस । विवाहित कमलाका आफूतर्फका सन्तान भने छैनन् । कमलाले आफ्ना कतिपय संस्मरणात्मक लेखमा आमा श्यामला, हिन्दू संस्कृति र तमिलनाडुको चर्चा गरेकी छन् ।

    कमलाको छनौटले डेमोक्र्याटिक पार्टीभित्र व्यापक समर्थन पाएको छ । अफ्रिकन र एशियन आप्रवासीहरुको भोट वाइडन र कमलाको पक्षमा थप आकर्षित हुन सक्ने विश्लेषकहरुको ठहर छ ।

    वाइडन र कमलाको जोडीले नोभेम्बरको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको जोडीसँग प्रतिस्पर्धा गर्ने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.