
काठमाण्डौं, साउन २८ । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ ।
सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी रहेका बेला आगामी हप्ता छलफल हुन लागेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी भएको उल्लेख गरिएको छ ।
काठमाडौँमा हुने छलफलमा परराष्ट्र सचिव शंकरदास वैरागीको नेतृत्वमा भारतीय पक्षसँग छलफल हुने बताइएको हो