
काठमाडौं, साउन २८ । भारतको पश्चिम बंगालमा पनि संक्रमण बढ्दो रहेको छ ।
पश्चिम बंगालमा अहिलेसम्म कोरोना संक्रमणबाट १९ जना डाक्टरको मृत्यु भइसकेको बिबिसी हिन्दीले जनाएको छ । यस्तै त्यहाँ ३०० जना डाक्टरमा कोरोनाको संक्रमण देखिएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढी रहेको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार २३ लाख २९ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म ४० हजार ९१ जनाको मृत्यु भइसकेको छ ।