• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान


  •    रासस / २०७७, २८ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    सिन्धुपाल्चोक, साउन २८ । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पिपिइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई हजार थान पञ्जा सहयोग गरेको हो । त्यस्तै आइसोलेसन मास्क दुई हजार थान तथा एन नाइन्टीफाइफ मास्क र मेडिकल मास्क पनि पाँच हजार थान दिइएको छ ।

    चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार थान र पिसिआर रिएजेन्ट दुई हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै प्रजिअ ढकालले यो अहिलेसम्म नेलम काउन्टीले गरेकोमध्येकै ठूलो सहयोग भएको उल्लेख गरे ।

    नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठुलो राहत मिलेको ढकालले बताए । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको  उनले बताए । प्रजिअ ढकालका अनुसार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बत, नेलम भन्सार कार्यालयका उपनिर्देशक साङ बुमार्फत सो सामग्री बुझनुभएको हो ।

    मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र निर्मलीकरण गर्न एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको भण्डारमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेका ठाउँमा तुरुन्तै परिचालन गरिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.