
काठमाडौं, साउन २८ । मंगलवार देशका विभिन्न स्थानमा गरी ४ जनाको डुबेर मुत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका८ हात्ती किल्ला बस्ने ५२ बर्षीय प्रिती कुमार राईको खेतको पानीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
महोत्तरीको औरही नगरपालिका २ चेपकटटोल बस्ने अमित सदाको ४ बर्षीया छोरा सोहन सदाको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका ३ भुण्डागौडीस्थित रहेको बुढी खोलामा डुबेर झुण्डिपुर बस्ने हिरा चौधरीको ४ बर्षीया छोरी ओराही चौधरीको मंगलबार साँझ मृत्यु भएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका(४ बस्ने राजाराम राउतको १८ बर्षीया छोरा विकाश राउतको मेस्तरस्थित कदम पोखरीमा डुबेर मंगलबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।